खानेपानी मन्त्रालय जनमत पार्टीले अस्विकार गर्यो समर्थन फिर्ता गर्ने

जनमत पार्टीले आफ्नो भागमा परेको खानेपानी मन्त्रालय नलिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज गरेको मन्त्रिपरिषद् विस्तार तथा हेरफेरमा जनमतबाट मन्त्रीमा नियुक्त भएका अब्दुल खानलाई उक्त मन्त्रालयको जिम्मेवारी ताकेका छन् ।
तर, जनमतले भने आफ्नो पार्टीलाई दिने भनेर सहमति गरेबमोजिम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नदिएकोले अब खानेपानी मन्त्रालय नलिने निर्णय गरेको छ । मन्त्री खानले पनि आफू सो मन्त्रालयमा नजाने बताए ।
जनमतले प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत फिर्ता लिनेगरि छलफल थालेको छ । अहिले उक्त दलको हाई कमाण्डको बैठक जारी रहेको छ ।
उता, जनता समाजवादी पार्टी पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने मुडमा पुगेको छ । प्रधानमन्त्री दाहालले सम्माजनक मन्त्रालय बाँडफाँड नगरेको भन्दै जसपा असन्तुष्ट छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दललाई अपमान गरिएको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।जसपा आजको मन्त्रिपरिषद्को विस्तारमा सरकारमा सहभागी हुने चर्चा थियो ।
तर,मन्त्रालय भागबण्डा सम्मानजनक नभएको भन्दै जसपा सरकारमा सहभागी भएन । अहिले जसपाको पनि समिक्षात्मक बैठक बसिरहेको छ । जसपालेपनि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । f
प्रतिकृया दिनुहोस्