
गृह मन्त्रालयले बिहीबार १७ डीआईजीको सरुवा गरेको छ नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा भएको हो ।
गृह मन्त्रालयले बिहीबार १७ डीआईजीको सरुवा गरेको हो ।मन्त्रालयले डीआईजीहरु नलप्रसाद उपाध्यक्ष, मोहनकुमार आचार्य, मसाउल आलम खाँ, बसन्तबहादुर कुवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी र सुदीप गिरिको सरुवा भएको छ ।
यसैगरी भीम प्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोख्रेल, बुद्धिराज गुरुङ र दुर्गा सिंहको पनि काज सरुवा भएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।










