
काठमाडौं, शनिबार प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
बालुवाटारमा भएको सो भेटमा नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता हुने भएको हो ।
नेपाल समाजवादीका नेता विश्वदीप पाण्डेका अनुसार दुई शीर्ष नेताको भेटमा सहभागी नेपाल समसामयिक राजनीति लगायत विविध विषयमा अन्तरङ्ग छलफल भएको छ ।
यसैगरी पार्टी एकताको मोडेल, विश्वासको मतका लागि राम्रो वातावरण बनाउने लगायतका विषयमा छलफल भएको थियो ।
यस्तै पार्टी एकतालाई मूर्त रुप दिन नेकपा माओवादी केन्द्रले आफ्नो पदाधिकारी बैठकबाट औपचारिक रुपमा अघि बढाउने भएको छ ।







