December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

उडान यात्राका लागि पिसीआर नेगेटिभ रिपोर्ट अनिवार्य

  • 27
    Shares

काठमाडौं, भदौ १६ देखि खुला गरिएको नियमित उडानमा यात्राका लागि सरकारले पीसीआर नेगेटिभ रिपोर्टलाई अनिवार्य गरेको छ । उडान हुनु ७२ घण्टाअघिको पीसीआर नेगेटिभ रिपोर्टको आधारमा मात्रै बोर्डिङ पास उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको छ ।

एउटै उडानबाट पीसीआर नेगेटिभ रिपोर्ट आएका यात्रु १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने छ । यात्रुले आफ्नो स्वास्थ्यको जानकारी अनुगमन गर्ने निकाय स्थानीय तह र त्यहाँस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई गराउनुपर्ने छ ।

नियमित उडानबाट आउने यात्रुले पीसीआर नेगेटिभ रिपोर्टसाथ कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको वेबसाइट (सीसीएमसी डट जीओभी डट एनपी)मा अनलाइन फाराम भरेर त्यसको बारकोड वा प्रिन्ट कपी साथमा ल्याउनुपर्ने छ । यस्तो फाराम छुटेको अवस्थामा बोर्डिङकै क्रममा वायुसेवाले उपलब्ध गराउनुपर्ने छ ।

वायु सेवाले एउटै उडानमा पीसीआर परीक्षण गरेको र नगरेको यात्रु ल्याउन पाउने छैनन् । यसरी ल्याएको खण्डमा वायु सेवाले आफ्नै खर्चमा सात दिनसम्म होटल क्वारेन्टाइनमा राख्नुपर्ने छ । वायु सेवाले नेपाली नागरिक, कूटनीतिक नियोगमा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधि, संयुक्त राष्ट्र सङ्घका नियोगमा कार्यरत कर्मचारी र तिनका परिवार मात्र ल्याउने पाउने छन् । सबै यात्रुले सरकारले तोकेको स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्नुपर्ने छ ।  


शीर्ष समाचार

धेरै पढिएको