
नेकपा माओवादी केन्द्र सँग नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पार्टी एकता गर्नेगरी अगाडि बढेका छन्। उनले पुष २४ गते पार्टीको राजनीतिक समितिको बैठक बोलाएका छन्।
उक्त बैठकमा पार्टीको आगामी रणनीति, आवश्यक कार्ययोजना तथा समसामयिक राजनीतिक विषय र माओवादीसँगको एकताको बारेमा छलफल हुनेछ।
नेपाल समाजवादी पार्टीले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्हको प्रयोग गरेका थिए। यसैगरी, आफू निर्वाचित हुँदै गरेको गोर्खा क्षेत्र नम्बर २ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छाडिदिएका थिए ।







