
प्रधानमन्त्री पुष्पकमल दाहाललाई चिनियाँ प्रधानमन्त्री लि खछ्याङले सफल कार्यकालको लागि शुभकामना दिएका छन् ।नेपालस्थित् चिनियाँ दूतावासका कार्यवाहक राजदूतले भेटेर आज प्रधानमन्त्री दाहाललाई चिनियाँ प्रधानमन्त्रीको लिखित शुभकामना सन्देश प्रदान गरेका हुन् ।
शुभकामना सन्देशमा चिनियाँ प्रधानमन्त्री लीले प्रचण्ड नेतृत्वको सरकारलाई चीनको पूर्ण साथ रहने कुरा उल्लेख गरिएको छ ।लिले नेपालको स्थायीत्व, विकास र समृद्धी चीन सँधै साथमा रहने पनि प्रतिबद्धना जनाएका छन् ।







