
बाजुरा, जिल्लाको बुढीनन्दा नगरपालिकाकाे कार्यालयमा गए राति आगजनी भएको छ । स्थानियका अनुसार नगरपालिकाको मुलढोका र अगाडि राखिएको जेनेटरमा आगजनी भएको हो ।
यसैगरी रातको समयमा अगजनी भएकोले कसले गरेको हो भन्ने यकिन भने भैसकेको छैन । हाल सोहीबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सूर्यबहादुर थापाले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
नगरप्रमुख जनककुमार बोहोराका अनुसार
नगरपालिकाको गरेको काममाथि प्रतिशोध लिएर आगजनी र तोडफोड गरिएको हो । हिजो प्राविधिकतर्फका कर्मचारीको परीक्षा थियो र परीक्षाको प्रतिस्पर्धामा आउन नसकेका व्यक्तिले यस्तो गरेको हुनसक्ने आशंका गरिएको छ ।







