नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पौष २२ गते बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पौष २२ गते बस्ने भएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्ती अनुसार बैठक शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा बस्ने भएको हो ।
बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन- २०७९ को समीक्षा र समसामयिक राजनीतिलगायतका बिषयमा छलफल हुनेछ ।
प्रतिकृया दिनुहोस्