
बाह्रबिसे – सिन्धुपाल्चोक बाह्रबिसे २ कर्थलीमा नेसनल केयर फाउन्डेसनको सहयाेगमा कर्थली बाढीपहिराे पिडितलाई राहत बितरण गरिएको छ । राहत सामाग्री वितरण कार्यक्रममा वडा अध्यक्ष बमबहादुर तामाङ आफै उपस्थित नेसनल केयर फाउन्डेसन नेपालका अध्यक्ष जितबहादुर तामाङले हस्तान्तरण गरेका हुन् ।


हस्तान्तरण कर्थलीकाे खाेलापारीटाेल नजिकैकाे घट्टे खाेलामा गत साउन १८ गते राति बाढी पहिराे गएकाे थियो उक्त बाढीपहिरोमा परि तीन ४ घर पुर्ण रुपमा क्षति भएको थियाे भने २०० घर उच्च जोखिममा रहेको थियो । उक्त पहिरोमा केहि घरपालुवा जनावर पनि पुरिएकाे थियाे । पहिराेमा परि पुर्णरुपमा क्षती भएको प्रती घरपरिवार ३० वटा जस्तापाता र १ बोरा चामल बितरण गरिएको छ भने १९ घरपरिवारलाई खाद्यान्न सामाग्री चामल वितरण गरिएकाे छ ।

सहयोग पाउनेमा
१.गोपाल बिस्वकर्मा (चामल १बोरा सहित ) २.मेख बहादुर बिस्वकर्मा ३.नकुल बि.क . ४.कमल बि.क ५.तिलक भण्डारी खाद्यान्न पाउनेहरुमा : ६.सर्जन भण्डारी ७.सरोज भण्डारी ८.रामकाजी भण्डारी ९.रामजि भण्डारी १०.राम बहादुर योन्जन ११.गौतम पाईन १२.गङामाया तामाङ १३.बिरबहादुर पाईन १४.सोमबहादुर घिसिङ १५.बिकास तामाङ १६.संगीता योन्जन १७.दिर्ग कुमारी भण्डारी १८.अप्सरा भण्डारी १९.सरला भण्डारी रहेका छन् । र कर्थली सामुदायिक स्वास्थ्य केन्द्रलाई पीपीसेट र स्वास्थ्य सामाग्री लगाएको सहयोग पनि गरिएको छ ।
यो बिपदको बेलामा सकेकाे केही सहयोग होस भन्ने उदेश्यले FREUNDESKREIS NEPAl सँग सहकार्य गरि सहयोग गरेको नेसनल केयर फाउन्डेसन नेपालका अध्यक्ष जित बहादुर तामाङले जानकारी दिए ।
कर्थलीमा पहिले पहिराे गएकाे ठाउमा पुन बाढीसहित काे पहिराे खस्दै







