December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

क्याट पर्साको पहलमा पोखरिया अस्पताललाई आयुर्वेदिक औषधि सहयोग

वीरगञ्ज, काेभिड एक्सन टिम (क्याट) पर्साकाे पहलमामा पाेखरिया अस्पतालकाे आइसाेलेसनमा आयूर्वेदिक औषधी सहयाेग गरिएकाे छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्सा र सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र वीरगञ्जले पाेखरिया अस्पतालकाे आइसोलेसनमा रहेका काेराेना संक्रमितहरुकाे लागि आयूर्वेदिक काढा र औषधी सहयाेग गरेका हुन् ।

पाेखरिया अस्पताल मै पुगेर क्याट समुह, स्वास्थ्य केन्द्र र सात्विकका प्रतिनिधिहरुले साे समाग्री बुधबार हस्तान्तरण गरेका छन् । स्वास्थ्य केन्द्रले सितोपलादी चूर्ण, त्रिफला चूर्ण, आमला चूर्ण, अश्वगंधा चूर्णको मिश्रण ३४ प्याकेट र सात्विकले गिलाेय सहयाेग गरेकाे क्याटका सदस्य शम्भु कुमार सुमनले वताए ।

क्याटका संयाेजक समेत रहेका जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महमद अन्सारीले पाेखरिया नगरपालिकाकी उप मेयर सलमा खातनुलाई साे सामग्री हस्तान्तरण गरेका थिए ।

साे अवसरमा क्याटका सदस्य एवं नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेल, तत्कालिन समाजवादी पार्टीका जिल्ला सचिव एवं क्याटका सदस्य तबरेज अहमद, सात्विकका शशि भूषण प्रसाद र उमेश पंडित लगायतकाे उपस्थिती रहेकाे थियाे ।

शीर्ष समाचार

धेरै पढिएको