December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

काठमाडौं उपत्यकामा काेराेना संक्रमित बढ्दाे,आजमात्र ३०१ जना थपिए

  • 42
    Shares

काठमाडौं – काठमाडौं उपत्यकामा काेराेना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । बितेको २४ घण्टामा ३०१ जनामा कोरोनाभाइरस संक्रमित पुष्टि भएको छ । बुधबार यतिधेरै संख्यामा काठमाडौंमा कोरोना संक्रमित थपिएको हाे ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा २३०, भक्तपुरमा २४ र ललितपुरमा ४७ गरी ३०१ जनामा काेराेना पुष्टि भएको बताएका हुन् । देशभर आज ८८५ जना काेराेना संक्रमित थपिएका छन् भने ११ जनामाे मृयु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको