April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

सभामुखद्धारा पहिरोबाट विस्थापित परिवारसँग भेटघाट

चौतारा, सभामुख अग्निप्रसाद सापकोटाले लिदी पहिरोबाट विस्थापित परिवारको दुःखमा ऐक्यवद्धता जनाउन आएको उल्लेख गर्दै पहिरोबाट अभिभावक गुमाएका वालवालिकाको शिक्षाको सबै व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन ।

गत साउन ३० गते सिन्धुपाल्चोक जुगल गाँउपालिका–२ लिदीमा गएको पहिरोबाट विस्थापित भइ वडा नं. १ सेलाङको बाँसखर्कमा अस्थायी रुपमा बस्दै आएका पीडित परिवारसँग भेटघाट गर्न आज पुग्नु भएका सभामुख सापकोटाले विस्थापित १७२ घर परिवारको लागि स्थायी व्यवस्थाको लागि पहल गर्ने प्रतिवद्धतासमेत जनाएका छन ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले विस्थापित परिवारको लागि कुनै अभाव हुन नदिने दृढता व्यक्त गरे । पहिरो पीडित परिवारको लागि आवश्यक टेण्ट लगायत राहतको व्यवस्था भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका छन । सभामुख सापकोटाका साथ वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका प्रमुख मधुसुदन अधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता समेतको उपस्तिथि रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन ।

शीर्ष समाचार

धेरै पढिएको