
मङ्सिर २६ गते । धनुषाको बटेश्वर गाउँपालिका–५, शान्तिपुर बस्ने २७ वर्षीया रीतादेवी यादवको हत्या आरोपमा श्रीमान् वीरेन्द्र यादवलाई पक्राउ गरिएको छ ।
आइतबार राति ११ बजे घरमै सुतिरहेको अवस्थामा रीतादेवीमाथि धारिलो हतियारले प्रहार भएको थियो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी रीतादेवीलाई उहाँकै श्रीमान् वीरेन्द्रले उपचारको लागि जनकपुरस्थित काव्या अस्पतालमा पुर्याएको थियो । उपचारकै क्रममा रितादेवीको मृत्यु भएको थियो ।

धनुषामा धारिलो हतियार प्रहार गरी एक महिलाको बीभत्स हत्या उनकै श्रीमानले गरेको खुलेको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको गएराति हत्या भएको हो ।
हत्या घटनासम्बन्धमा विभिन्न कोणबाट अनुसन्धान गर्दै जाँदा श्रीमान् वीरेन्द्रमाथि शङ्का लागेर केरकार गरेपछि हत्या आफूले नै गरेको वीरेन्द्रले प्रहरीसमक्ष स्वीकार गरेको धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।
हत्यामा प्रयोग गरिएको बन्चरो आफ्नै बारीमा रहेको पोखरीमा फालिएको अवस्थामा भेटिएको थियो ।हत्यामा प्रयोग भएको बन्चरो र वीरेन्द्रलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान अघि बढाइएको छ ।
गम्भीर घाइते अवस्थामा रितालाई श्रीमान् विरेन्द्रले जनकपुरको काव्या अस्पताल पुर्याएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको छ ।घटना पश्चात प्रहरीले थालेको अनुसन्धानमा श्रीमान विरेन्द्रले नै बञ्चरो प्रहार गरी हत्या गरेको र बन्चरो आफ्नै बारीमा रहेको पोखरीमा फालेको खुलेको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । त्यसपछि उनी आफैंले श्रीमतीलाई उपचार गर्न भन्दै अस्पताल पुर्याएका थिए ।
श्रीमान माथि नै शंका लागेर सोधपुछ थालेपछि विरेन्द्रले आफूले नै बञ्चरो प्रहार गरी हत्या गरेको स्वीकार गरेको डिएसपी क्षेत्रीले बताए । हत्यामा प्रयोग भएको बञ्चरो बरामद गरी विरेन्द्रलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।आइतबार राति ११ बजेको समयमा घरमा सुतिरहेकी रितामाथि सुतेकै ओछ्यानमा धारिलो हतियार प्रहार भएको थियो ।
उनका चार र ६ वर्षका दुई छोरा छन् । स्थानीयका अनुसार विरेन्द्रले श्रीमतीलाई कुटपिट तथा यातना दिँदै आएका थिए । तीन महिना अघि विरेन्द्रले बिहेमा पाएको फर्निचरसहितका सामानसहित रितालाई उनको माइत (महोत्तरीको भंगहा नगरपालिका ९ अजगेबा) पुर्याएका थिए । ससुराली पक्षकाले स्थानीयले भने उनीहरुलाई फर्काएका थिए ।







