
काठमाडौं, बुधबार नेपालमा थप ८ सय ८५ जनामा कोरोना पुष्टि भएको छ । यी सङ्क्रमितमध्ये ३०१ जना काठमाडौं उपत्यकाको रहेका छन भने कुल सङ्क्रमितको सङ्ख्या ३४ हजार ४ सय १८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल सङ्ख्या १ सय ७५ पुगेको छ स्वास्थ्य तय्हा जनसंख्या मन्त्रालयका प्रबक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रीफिङमा बताएका छन ।
आज कोरोनामुक्त भई ३८५ जना घर फर्किसकेका छन भने हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १९ हजार ५०४ रहेको छ ।







