निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागू रहेको निर्वाचन आचारसंहिता सोमबारदेखि हटाएको छ ।आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरेको थियो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको जानकारी दिए ।








