
काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच समसामयिक विषयमा छलफल भएको हो ।
अध्यक्ष दाहालको सचिवालयका अनुसार निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको थियो ।
यसैगरी सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रसहित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन गरेको अवस्थामा हाल निर्वाचनको परिणाम धमाधम आउँदै गर्दा भएको सो भेटलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।







