
काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेका गोकुलप्रसाद बास्कोटा निर्वाचित भएका छन् ।
बास्कोटाले मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंसँग पाँच हजार आठ सय ६३ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।
बाँस्कोटाले ४५ हजार तीन सय ४५ मत प्राप्त गर्दा हुमागाईंले ३९ हजार चार सय ८२ मत प्राप्त गरे।







