कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले चुनाव जितेकी छिन् । उनी टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका रेशम चौधरीकी श्रीमति हुन् ।उनले ३० हजार ४०४ मतसहित चुनाव जितेकी हुन् ।

श्रेष्ठले सत्तारूढ गठबन्धनका साझा उम्मेदवार एवं कांग्रेसका नेता रामजनम चौधरीलाई पराजित गरेकी हुन् । चौधरीले १८ हजार ८१ मत पाएका छन् ।
श्रेष्ठले चौधरीलाई १२ हजार ३२३ मतले पराजित गरेकी हुन् ।श्रेष्ठ पहिलो पटक संसदीय चुनाव लडेर संघीय संसदको सीट सुरक्षित गर्न सफल भएकी हुन् ।







