
झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । उनले कांग्रेसका नेता तथा सत्तारूढ गठबन्धनका साझा उम्मेदवार कृष्णप्रसाद सिटौलालाई दोस्रो पटक पराजित गरेका हुन् ।
लिङ्देनले ४० हजार ६४८ मत पाएका छन् भने सिटौलाले ३७ हजार ३७२ मत पाएका छन् । उनीहरूबीचको अन्तर ३ हजार २७६ छ ।२०७४ को चुनावमा पनि लिङ्देनले सिटौलालाई नै पराजित गरेका हुन् ।
लिङ्देनलाई एमालेको समर्थन रहेको थियो । झापा–३ मा एमालेले लिङ्देनलाई सघाए बापत झापा–५ मा राप्रपाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सघाएको थियो ।







