
चितवन–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन् । उनले एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई पराजित गरेका हुन् ।ढकालले ३४ हजार १८९ मत ल्याएका छन् । एमालेका पाण्डेले २६ हजार ६०८ मत ल्याएका छन् ।
ढकालले ७ हजार ५८१ मतले पाण्डेलाई पराजित गरेका हुन् ।राजनीतिक पृष्ठभूमी नरहेका ढकाल काठमाडौंमा बालेन साह उम्मेदवार भएको समयमा साहको चुनावी अभियानमा सहभागी भएका थिए । पछि चितवन फर्केर राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार भएका थिए ।यसअघि चितवन–१ बाट पाण्डे विजयी हुँदै आएका थिए ।







