चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले १७ सयभन्दा बढी मतले अग्रता लिएका छन् ।नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेललाई पछि पार्दै लामिछानेले एक हजार ७६४ मतले अग्रता लिएका हुन् । १६ हजार २२० मत गणना गर्दा लामिछानेले ६ हजार ४०१ मत पाएका छन् ।यस्तैपोखरेलको ४ हजार ६३७ मत रहेको छ । यस्तै सत्ता गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ ४ हजार १६५ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।








