सिन्धुपाल्चोकमा एमालेका सरेश र गठबन्धनका बस्नेत अगाडि

सिन्धुपाल्चोक, सिन्धुपाल्चाेक जिल्लाकाे प्रतिनिधि सभा–१ मा नेकपा एमालेका सरेश नेपालले मत बढाउँदै लगेका छन् ।नेपालले ६ हजार ४३६ मत प्राप्त गरेका छन् भने माधव सापकोटाले ५ हजार ३३६ मत ल्याएका छन् ।
त्यसैगरि सिन्धुपाल्चोक २ मा गठबन्धनका मोहनबहादुर बस्नेतले मत बढाउँदै लगेका छन् ।बस्नेतले ५ हजार ९५४ मत र शेर बहादुर लामाले ४ हजार ३८२ मत प्राप्त गरेका छन् ।
प्रदेश सभा (१) मा गठबन्धनकी मसिना खड्काले ७ हजार ३४६ मत र एमालेका युद्धबिक्रम लामाले ७ हजार ३२८ मत प्राप्त गरेका छन् ।
प्रदेश सभा (क) मा गठबन्धनका युवराज दुुलालले ५ हजार ९६८ र एमालेका अमानसिहं तामाङले ४ हजार ११९ मत प्राप्त गर्नु गरेका छन् ।
प्रतिकृया दिनुहोस्