November 28, 2023, Tuesday
२०८० मंसिर १३, बुधबार

दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माको अग्रता

दाङ क्षेत्र नम्बर २ मा माओवादीले अग्रता लिएकाे छ। नेकपा एमालेका महासचिव शंकर पोखरेललाई फराकिलो मतान्तरले पछाडि पार्दै नेकपा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिएकी छन् ।२ हजार ७८० मत गणना हुँदा शर्मा शर्माले १ हजार ४ सय ५० र पोखरेलले ८ सय ४६ मत प्राप्त गरेका छन् ।

यस्तै स्वतन्त्र पार्टीका विशाल अधिकारीले २८१ मत प्राप्त गरेका छन् ।यो अघिल्लोपटक वाम गठबन्धनका माओवादी उम्मेदवार कृष्णबहादुर महराले जितेको क्षेत्र हो । त्यतिबेला पोखरेल प्रदेशसभामा निर्वाचित भएर मुख्यमन्त्रीसम्म बनेका थिए ।माओवादी उम्मेदवार शर्मा भने पूर्वमन्त्री हुन् ।

शीर्ष समाचार

धेरै पढिएको