
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै गौरा पर्व मनाउन आग्रह गर्नुभएको छ ।
स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा गौरा पर्वको शुभकामना दिनुहुँदै राष्ट्रपति भण्डारीले कोरोना महामारीबाट बच्न पर्याप्त सुरक्षा अपनाएर यस चाडको मौलिक परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्न अनुरोध गर्नुभएको छ ।
गौरा पर्वको हार्दिक शुभेच्छा व्यक्त गर्दै राष्ट्रपतिले भन्नुभएको छ, “गौरा पर्वजस्तो विशिष्ट सांस्कृतिक चाडका माध्यमबाट फरक भौगोलिक क्षेत्रमा बसोबास गर्ने विविध जातजाति, भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका नेपालीबीचको भावनात्मक एकतालाई थप प्रगाढ बनाउन मद्दत पुगोस् ।”







