
धनुषाको ३ नम्बर निर्वाचन क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १५ को मतगणना सकिएको छ । दुई हजार ४०९ मतगणना हुँदा एमालेकी महतोले ६०८ मत ल्याएकी छन् भने जनमत पार्टीका उम्मेदवार शम्भू साहले ३२० मत पाएका छन् ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार अनिलकुमार झाले ३१० मत पाएका छन् ।







