
काठमाडौं, डडेल्धुराका प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार सागर ढकालले बुथको बाकसमा आफ्नो प्रतिनिधि राख्न नदिएको र मतपेटिका असुरक्षित रहेको गुनासो गरेका छन् ।
सागरले डडेल्धुराका जनताहरूले आफ्नो मतको सुरक्षा गरिदिन आग्रहसमेत गरेका छन् । उनले भनेका छन्, ‘डडेल्धुराका जनताहरू बाटो बाटोमा भिडियो, लाइभ जे हुन्छ त्यही राखेर बस्नु पर्यो । गाडीको स्कर्टिंग हजुरहरूले नै गर्नुपर्यो । बुथको बाकसहरू कुनै पनि उम्मेदवारको एजेन्ट बिना हिँडेको छ।’
सत्तापक्षबाट चलखेल हुनसक्ने बताउँदै उनले भनेका छन्, ‘आज राति सुत्न भएन। जङ्गल छ भने झन् ख्याल गर्नुपर्यो । बाटो बाटोमा बसिदिनु हुन अनुरोध।’
सागरले बुथको बाकस बोकेर लैजाने जिम्मा सबै प्रशासनलाई जिम्मा दिने हो भने हामी यत्रो उम्मेदवार लड्नु नलड्नुको अर्थ के भयो ? भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत प्रश्न गरेका छन् ।







