
कैलाली, बाजुराको एक मतदानस्थलमा गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाका त्रिवेणी नगरपालिका ७ मा रहेको मतदानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय सञ्जिव अएडीको मृत्यु भएको हो ।
शिक्षक संघ बाजुराका अध्यक्ष प्रेमराज पाध्याका अनुसार घटनामा एकजना प्रहरी कर्मचारीसहित तीन जना घाइते भएको बताइएको छ । यसैगरी सोही वडाका प्रशुराम पाध्याय पनि घाइते भएका छन् ।







