
काठमाडौं, यसपटकको चुनावमा बागलुङमा पनि बुथ कब्जा गरिएको छ । बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लागेको हो ।
क्षेत्र नम्बर १ का एमालेका उम्मेदवार सूर्य पाठकका अनुसार जैमिनी नगरपालिका वडा नम्बर ४ स्थित सर्ककुवा मतदान केन्द्रमा जनमोर्चा र नेकपा एकीकृत समाजवादीसमेतका कार्यकर्ताले बुथ कब्जा गरेको हो ।
उनले सञ्चारमाध्यमलाई भने, ‘जनमोर्चा र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले एमालेका कार्यकर्तालाई खेदेर दिउँसो २ बजेदेखि बुथ कब्जा गरेका छन् ।’







