
काठमाडौं, नवलपुरको देवचुलीमा जलाइयो मतपेटिकाजलाइएको छ । नवलपुरको देवचुली ४ झाक्रेमा रहेको शान्ति श्रृजना केन्द्रमा मतपेटिकामा आगलागी भएको हो ।
प्रहरीका अनुसार प्रदेशको समानुपातिक तर्फको मतपेटिकामा आगलागी भएको हो । आगलागीमा संलग्न रहेका नारायण भण्डारी पक्राउ परेका छन् । हाल सर्वदलीय बैठक बसि पुनः मतदान गर्नेबारे छलफल भइरहेको छ ।
यसैगरी त्यहाँ ९८० मत भएकोमा ७ सय मत खसिसकेको जनाइएको छ ।







