
काबुल, अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा शनिबार दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी ११ जनाको मृत्यु हुनाका साथै अन्य ४६ जना घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पहिलो दुर्घटना शनिबार साँझ दुशी जिल्लाको किलागाई क्षेत्रमा दुई यात्रु बस एक आपसमा ठोक्किँदा भएको थियो । जसमा तीन यात्रुको मृत्यु भएको र सात जना घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता मौलावी शिर अहमद बुर्हानीले सञ्चारमाध्यमलाई बताएका छन् ।
त्यसको केही मिनेटपछि दुशी जिल्लाको सोही क्षेत्रमा अर्को यात्रुबाहक बस पल्टेर खाल्डोमा खस्दा आठ यात्रुको मृत्यु हुनाका साथै अन्य ३९ जना घाइते भएको स्थानीय ट्राफिक अधिकारी नेजामुदिनले बताएका छन् ।एजेन्सी







