
दार्चुला, दार्चुलाको शैल्यशिखर नगरपालिका-५ स्थित मालिकार्जुन मावि आगर बगौरा मतदान केन्द्रमा हवाई फायर गरिएको छ ।
प्रहरीका अनुसार मत हाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरूले हालेको पाएपछि सामान्य विवादका क्रममा प्रहरीले सम्झाउने क्रममा एक जना महिलाको टाउकोमा लठ्ठीले लागेको थियो ।
स्थानीयले आक्रोशित हुँदै ढुंगामुठा गर्न थालेपछि ३ राउण्ड हवाई फायर गरेको बताइएको छ । हवाई फायरपछि अहिले मतदान रोकिएको छ भने मतदान सञ्चालनका लागि पहल भइरहेको प्रहरीले जनाएको छ ।







