
काठमाडौं, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र २ स्थित अन्नपूर्ण मावि निर्वाचन केन्द्रबाट मतदान गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका उनले आइतबार निर्वाचनपछि सुशासन र समतामूलक समृद्धिको नयाँ युग शुरू हुने अपेक्षा राखेका छन् ।
उनले सामजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘राम्रा उम्मेदवारहरूले जितून्। संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै छेडछाड नहोस् । भष्मासुर प्रवृत्तिको उदय नहोस् । सुशासन र समतामूलक समृद्धिको नयाँ युग सुरू होस् ।’







