
सिन्धुपाल्चोक, हाल जारी मतदानका क्रममा सिन्धुपाल्चोकमा अपराह्न १ बजेसम्ममा ३५ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालले मतदान कार्य छिटपुट घटनाबाहेक शान्तिपूर्ण रहेको बताएका हुन् ।
एक अस्थायीसहित एक सय ४६ मतदानस्थलमा मतदान सुरु भएको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले सञ्चारमाध्यमलाई जानकारी दिए । ती स्थलका तीन सय २१ मतदान केन्द्रमा मतदान जारी रहेको हो ।







