
काठमाडौं, दोलखाका विभिन्न मतदान केन्द्रमा बुथ कब्जा गरिएको छ । सत्तागठबन्धनका नेता-कार्यकर्ताले दोलखाको तामाकोशी गाउँपालिका-२ जफेको कालापनी र जामुने मतदान केन्द्रमा विभिन्न मतदान केन्द्रमा बुथ कब्जा गरेका हुन् ।
स्थानियका अनुसार ४ नम्बर वडाको मालु मतदान केन्द्र पनि गठबन्धनका कार्यकर्ताले नियन्त्रणमा लिएका छन् । त्यहाँ एमालेका बुथ प्रतिनिधिमाथि आक्रमण गरेर घाइते छन् भने घाइतेलाई ४/५ वटा टाँका लगाइएको छ ।
यसैगरी दोलखा १ मा कांग्रेसबाट प्रदेशसभा १ का उम्मेदवार कुन्दनराज काफ्लेको नेतृत्वमा युवाहरूसहित ४ वटा गाडीमा बुथ कब्जा गर्न हिँडेको आरोप छ । हाल उनी ५ नम्बर वडार्तफ अघि बढेको बताइएको छ ।







