
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १५ गतेसम्ममा एमालेले बहुमत ल्याउने दाबी गरेका छन् ।
आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ मतदान केन्द्रबाट भोट हालेपछि उनले यस्तो बताएका हुन् । उनले भने, ‘मंसिर १५ सम्ममा एमाले नेतृत्वको सरकार बन्छ । हामी बहुमत ल्याउँछौँ । अहिले सहकार्य गरेको दलहरू मिलेर सरकार बनाउँछौं ।’
ओलीले उत्साह र शान्तिपूर्णरूपमा निर्वाचन भइरहेको बताउँदै भने, ‘आफूलाई मन परेको पार्टी र उम्मेदवारलाई मत हाल्नुहोस् । तर, मतदान प्रक्रियामा सहभागी चाहिँ हुनुहोस् ।’







