
काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनबाट भोट हालेर गोरखा पुगेका छन् । आइतबार मतदान गरेर गोरखा पुगेका प्रचण्ड त्यहाँका मतदान केन्द्रको अवलोकनमा व्यस्त छन् ।
प्रचण्डले आज गोरखा २ का बिरिनचोकस्थित मतदान केन्द्र, कुन्दुरटार मतदान केन्द्रको अवलोकन गरेका छन् । त्यसअघि तनहुँ आँबु खैरेनीमा रहेको रामशाह माध्यमिक विद्यालयस्थित मतदान केन्द्र र जम्वादेवी मतदान केन्द्रको अवलोकन गरेका थिए ।
यसअघि २०७४ सालमा चिवतन ३ बाट निर्वाचित अध्यक्ष प्रचण्ड यसपटक गोरखा २ बाट उम्मेदवार बनेका छन् ।







