
कैलाली, कैलालीको एक मतदान केन्द्र नजिक विस्फोट भएको छ । आइतबार धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शारदा मावि मतदान केन्द्र बाहिर विस्फोटक पदार्थ पड्किएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार आज बिहान केही विस्फोटक पदार्थ पड्किएको तर कुनै क्षति भने भएको छैन ।
सो क्षेत्रमा केहीबेर तनावको अवस्था सिर्जना भएपनि घटनालगत्तै नेपाली सेनाको टोली पनि पुगिसकेको छ भने अहिले स्थिति सामान्य रहेको छ ।







