December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

सङ्क्रमितको सेवामा अहोरात्र खटिएका डाक्टरहरुलाई भाईजान्स अफ बिरगञ्जद्वारा सम्मान

  • 2
    Shares

बिरगञ्ज, कोरोना भाईरसको कारण बिश्व नै त्रासमा रहेको छ भने नेपाल पनि यसबाट अछुतो रहेन, जनजीवन त्रासमय र झन झन जटिल बन्दै गैरहेको बेलामा आफ्नो ज्यानको पर्वाह नगरि
परिवारबाट टाढा रहि पूर्ण निष्ठा र आफ्नो कर्तब्यलाई प्राथमिकता दिने डाक्टरहरुलाई बिरगंजको एक युवा समुह भाईजान्स अफ बिरगंजले सम्मान गरेको छ ।

मंगलवार नारायणी अस्पतालको परिसरमै गएर भाईजान्स अफ बिरगंजले डा. उदय नारायण सिंह, डा. अरुण कुमार सिंह, डा. निरज कुमार सिंह, डा. अतुलेश कुमार चौरसियालाई पुष्पमाला, खादा लगाई र प्रमाणपत्र हस्तान्तरण गरि सम्मान गरिएको थियो ।

सो कार्यक्रममा भाईजान्स अफ बिरगंजका सदस्यका साथै संचारकर्मी आबिद हुसेन र मन्सुर खानको उपस्थिति रहेको थियो।



शीर्ष समाचार

धेरै पढिएको