काठमाडौं, नेपालमा मंगलबार थप ८ सय ५५ जना नयाँ सङ्क्रमित थपिएका छ्न । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३३ हजार ५ सय ३३ पुगेको छ । देशभर क्वारेन्टाइनमा रहनेको सङ्ख्या ११ हजार ४ सय ५३ जना रहेका छन ।
पछिल्लो २४ घण्टामा ३१३ जना कोरोनामुक्त भई घर फर्किसकेका छन भने देशभर कोरोनामुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या १९ हजार १ सय १९ पुगेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता जागेश्वर गौतमले नियमिय प्रेस ब्रीफिङमा बताएका छन ।
आज कोरोनाको कारण नेपालमा ७ जनाको दु:खद निधन भएको छ भने मृत्यु हुनेको कुल सङ्ख्या १६४ पुगेको छ ।







