
काठमाडौं, निर्वाचनको संघारमा विप्लवका चार जना कार्यकर्ता पक्राउ परेको छ । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा म्याग्दीमा नेत्रविक्रम चन्द (विप्लव सि) का चारजना कार्यकर्ता आज पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बेनीको जिपपार्कमा भित्तेलेखन गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा नेकपा सिका उषा मगर, नविन सि, रोहित सि र विशाल सन्यासी रहेका छन् ।
यसैगरी प्रहरी निरीक्षक राजन ढकालका अनुसार मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन बहिष्कारका लागि अपिल गर्दै भित्तेलेखन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।







