December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार

धनकुटामा धारिलो हतियार प्रयोग गरी ६२ वर्षीय वृद्धको हत्या

धनकुटा, धनकुटामा धारिलो हतियार प्रयोग गरी ६२ वर्षीय वृद्धको हत्या गरिएको छ । आज बिहान धनकुटाको छथरजोरपाटी गाउँपालिका-३ गैरीगाउँकाका ६२ वर्षीय भगीश्वर लिम्बुको हत्या भएको छ ।

प्रहरीका अनुसार ४० वर्षीय तेजबहादुर लिम्बूले भगीश्वरको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् । घरमा बसिरहेका बेला तेजबहादुरले पछाडिबाट धारिलो हतियारले आक्रमण गरेको थियो ।

आक्रमण पछि स्थानीयवासी भगीश्वरको उद्धारका लागि पुगेका थिए तर त्यसबेला उनको मृत्यु भइसकेको थियो ।

प्रहरीले ओरोपित तेजबहादुर हाल नियन्त्रणमा छन । नाताले भगिश्वर तेजबहादुरको काका हुन् भने तेजबहादुरको मानसिक सन्तुलन ठीक नभएको प्रहरीले जनाए ।

शीर्ष समाचार

धेरै पढिएको