
डडेल्धुरा, आलिताल गाउँपालिका वार्ड नं ८ डोलामा चक्रपथ निर्माणका बेला नियतबस फडानिभएका सालको गोलिया बनाएर लुकाइराखेको अवस्थामामा सोमबार साँझ डिभिजन बन कार्यालयको टोलिले बरामद गरेको छ।
काठका केहि गोलिया र केहि चिरानि गरि कडि बनाएर लुकाइएको अबस्थामा बरामद गरिएको रेन्जर सन्तोस भट्टले जानकारि दएका छन । आलिताल गाउँ पालिका वार्ड नं ८ का स्थानीय शर्मान्द जोशिको घरमा लुकाएको अवस्थामा ४ थान चिरुवा काचो कडि, काचा गोलिया भेटिएको डिभिजन बन कार्यालयका सुचना प्रमुख डबल बोहराले सञ्चारकेन्द्रको टेलिफोन संवादमा बताउनुभयो ।
दर्जनौ गोलिया चिरान गरेर सप्लाई गरिसकेको पनि केहि प्रमाण भेटिएकाले यसबारे थप अनुसन्धान गरि दोषिलाई कारबाहिको दायरामा ल्याउने रेन्जर भट्टले बताएका छन ।
प्रदेश संसद कुन्ती जोशि का भाई र उनै स्वकिय सचिव समेत रहेका जोशिले कानुनको धजिया उडाउदै बुडर–जोगबुढा मेन सडकको छेउमा राखिनुले पहुच र पावरको दम्मभ देखाएको दाबि स्थानीयले गरेका छन ।
संसदका स्वकिए सचिब जोशिले यस अघि पनि प्रदेश सरकारले संसद उनकि दिदि लाइ दिएको सरकारि स्कारपियो गाडिमा घरायसी कामका लागि मल बोक्ने जस्ता लज्जास्पद कार्यमा समेत संलग्न भईसकेको स्थानिय बताउछन । स्वकिय सचिव जोशिलाई यस छेत्रका स्थानीयले प्रदेश सरकारबाट पहुचको आडमा बजेट हाल्ने र उक्त बजेटबाट कमिसन माग्ने गरेको पनि ब्यापक आरोप लगाउँदै आएका छन्।







