धनुषामा बोलेरो दुर्घटना हुँदा एक शिशुको मृत्यु, ६ जना गम्भीर घाइते
धनुषा, धनुषामा आइतबार बोलेरो दुर्घटना हुँदा एक नवजात शिशुको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्लाको लक्ष्मिनियाँ गाउँपालिकामा ना ३ च ३५७५ नम्बरको बोलेरो आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार धनुषाको जनकपुरधाम ढल्केवर (उत्तर दक्षिण) सडक खण्डमा बेलेरो दुर्घटना हुँदा एक जना शिशुको दुर्घटना स्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका हुन् ।
यसैगरी दुर्घटनामा परी मृत्यु भएको नवजात शिशुको हिजो मात्र जन्म भएको प्रहरी नायव उपरीक्षक क्षेत्रीले सञ्चारमाध्यमलाई जानकारी दिए । गम्भीर घाइतेहरुको नाम र ठेगाना खुलेको छैन ।
दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि नजिकै रहेको सेन्ट्रल हस्पिटल पुर्याइएको छ । सो घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रतिकृया दिनुहोस्