सन्दिपविरुद्ध आज पनि थुनछेक बसह हुँदै
काठमाडौं, राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध आज पनि थुनछेक बसह हुँदैछ ।
हिजो दुवैतर्फबाट सात अधिवक्ताहरुको बहस सकिएसँगै आजका लागि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । लामिछानेको तर्फबाट आज वकिलहरुले थप बहस गर्ने जनाइएको छ ।
यसैगरी पीडितको पक्षका पाँच र लामिछाने पक्षका वकिलहरु दुई जनाले बुधबार बहस गरेका थिए ।
यसअघि गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई गत असोज २० गते प्रहरीले पक्राउ गरेको थियो ।
प्रतिकृया दिनुहोस्