November 28, 2023, Tuesday
२०८० मंसिर १३, बुधबार

आचारसंहिता विपरीत गर्ने ७१ जना उम्मेदवारलाई आयोगको स्पष्टीकरण

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत गर्ने ७१ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ। आयोगले गत असोज १२ देखि अहिलेसम्म ७१ जनालाई स्पष्टीकरण सोधेको आज बताएको छ ।

यस्तै उम्मेदवारहरुले आफ्नो निर्वाचन क्षेत्रमा सभा सम्मेलन आयोजना गर्न मञ्च बनाउँदा लागेको खर्च विवरण बुझाउनुपर्ने भएको छ ।

आयोगले संघीय र प्रदेश सरकारका मन्त्रीले चुनाव प्रचारप्रसारमा जाँदा अनुमति लिनुपर्ने भन्दै अनुमति लिएर चुनाव प्रचारमा गएकाहरुले सरकारी स्रोत साधन प्रयोग गरेको वा नगरेको निगरानी गर्ने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आज आयोगको पत्रकार सम्मेलनमा जुनसुकै उम्मेदवारहरूले चुनावी क्षेत्रमा चुनावी सभा सम्मेलन गर्दा भएको खर्च चुनाव सकिएको १५ दिनभित्र पेश गर्न उम्मेदवारहरूलाई निर्देशन दिएको जानकारी दिनुभएको छ ।

शीर्ष समाचार

धेरै पढिएको