
काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन प्रचारप्रसारको लागि सरकारी खर्च र सुविधामा डडेल्धुरा जान खोजेपछि आयोगले
सो काॠ रोक्न निर्देशन दिएको हो ।
बुधबार डडेल्धुरा जाने तयारीमा रहेका देउवालाई निर्वाचन आयोगले डडेल्धुरा यात्रा स्थगित गर्न निर्देशन दिएको हो ।
सरकारी सेवा तथा सुविधाको दुरुपयोग रोक्नको लागि आयोगले यस्तो कदम चालेको हो ।
डडेल्धुरामा भने निर्वाचन प्रचारको लागि सबै कार्यक्रम तय भैसके पनि आयोगले प्रधानमन्त्री तथा मन्त्रीहरुलाई जिल्ला जाँदा अनमुति लिनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।







