December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार

एमालेको २० ग्यारेन्टी उल्लेख चुनावी घोषणा पत्र,हरेक वर्ष ५ लाख रोजगारी सिर्जना गर्ने

आगामी मंसिर ४ गते हुने चुनावका लागि एमालेले २० ग्यारेन्टी उल्लेख गरेर चुनावी घोषणा पत्र ल्याएको छ । मंगलवार काठमाडौंको पाँच तारे होटलमा घोषणा पत्र सार्वजनिक गरेको हो ।घोषणा पत्रलाई ‘पाँच वर्ष : एमालेले गर्छ’ भन्ने शीर्षक दिइएको छ ।

त्यसैगरी, हरेक वर्ष ५ लाख रोजगारी सिर्जना गर्ने र न्यूनतम ज्याला २५ हजार हुने व्यवस्था गर्ने एमालेले प्रतिबद्धता व्यक्त गरेको छ ।एमालेले घोषणा पत्रमा वर्षायाममा ५० युनिट र हिउँदमा ३० युनिट निःशुल्क विद्युत् उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपालीको औसत प्रतिव्यक्ति आम्दानी ३ लाख पुर्‍याउने र महिनावारी हुने उमेरका महिलालाई प्रतिवर्ष १५ सय रुपैयाँ भत्ता दिने प्रतिबद्धता पनि एमालेले घोषणा पत्रमा उल्लेख गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको