November 28, 2023, Tuesday
२०८० मंसिर १३, बुधबार

दक्षिण कोरियाको राजधानी सिओलमा भागदाैड मचिदा १५३ जनाको मृत्यु

कात्तिक १३ गते दक्षिण कोरियाको राजधानी सियोलको इथेवोनमा हेलोइन पर्व मनाउने क्रममा शनिबार राति भएको भागदौडमा परि आइतबार बिहान ६ बजे सम्म कम्तीमा १५३ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएकाे बताइएकाे छ।

केही घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ भने दर्जनौंलाई हृदयघात पनि भएको स्थानीय समाचारले जानकारी गराएको छ ।

समाचार एजेन्सी योनहापले पनि उक्त समाचार सम्प्रेषण गरेकाे छ। घटना के कारणले घटेकाे हाे भन्नेबारे अझै खुल्न सकेको छैन ।थप विवरण आउन बाकी छ। समाचार सहयोगकर्ता अवदेशराज चाैरासीया

शीर्ष समाचार

धेरै पढिएको