
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज गृहनगर झापा जाँदै छन् ।
आगामी ४ मंसिरको निर्वाचन लक्षित तयारी गर्न चार दिनका लागिअध्यक्ष ओली झापा जान लागेका हुन । जहाँ उनले जिल्लाका १३ वटा स्थानिय तहमा हुने विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउने छन् ।
अध्यक्ष ओली आजै काठमाडौंबाट झापा पुगेर दमकमा आयोजना हुने दुईवटा कार्यक्रममा सहभागीता जनाउँदैछन्। अध्यक्ष ओलीले आजै क्याम्पस मोडमा दमक स्थित पशुपति मन्दिरमा मतदाताहरुसँग अन्तरक्रियामा सहभागी हुँदैछन् ।







