
काठमाडौं, नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर परीक्षण गर्दा १० लाख ४९५ जनामा कोरोना संक्रमण देखिएको छ ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६९२ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट सोही अवधिमा थप एक जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाबाट नेपालमा १२ हजार १९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । जसमध्ये नौ लाख ८७ हजार ७८४ जना निको भइसकेका छन् ।







